जहाँ उदाउँछ सु–संस्कार
बच्चा बच्चामा सुसंस्कार
नयाँ मानवको आविष्कार ।
शिक्षा सँगसँगै सुसंस्कार
नयाँ पुस्ताको परिष्कार ।
प्रत्येक घरमा सुसंस्कार
सुखी बन्ने छन् परिवार ।
मानव मात्रलाई सुसंस्कार
अनि रोकिन्छ अत्याचार ।
गर्भदेखि नै सुसंस्कार
अनि थामिन्छ हाहाकार ।
हरेक व्यक्तिमा सुसंस्कार
यही नै हो युगको पुकार ।
जहाँ उदाउँछ सुसंस्कार
बन्नेछ मानिस क्याशानदार ।